ताजा समाचार


चिनियाँ राष्ट्रपतिले भारत भ्रमण गर्ने

द रियल समाचार     २०७७ फाल्गुन ११, मंगलवार, १३: २० मा प्रकाशित




काठमाण्डौ । भारत र चीनबिचको तनाव साम्य भएपछि चिनियाँ राष्ट्रपतिले भारत भ्रमण गर्न लागेका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले भारत भ्रमण गर्ने भएका हुन् । ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स सम्मेलनमा भाग लिन सी भारत आउन लागेका छन् ।

चिनियाँ विदेश मन्त्रालयले सो सम्मेलन आयोजना गर्न भारतलाई सहयोग गर्ने र जारी सीमा विवादले असर नगर्ने उल्लेख गरेको छ । यो वर्ष सम्मेलन गर्ने पालो भारतको रहेको र यसमा चीनले समेत सहमति जनाइसकेको छ ।

यस अगाडि सन् २०१६ मा भारतले ब्रिक्स सम्मेलन आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top