ताजा समाचार


निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक सामग्री खरिदको प्रक्रिया अघि बढायो

द रियल समाचार     २०७७ फाल्गुन ११, मंगलवार, १३: ०८ मा प्रकाशित




काठमाण्डौ । निर्वाचन आयोगले बैशाख १७ र २७ गतेका लागि घोषणा गरिएको मध्यावधि निर्वाचनका लागि आवश्यक सामग्री खरिदको प्रक्रिया अघि बढाएको छ ।

आयोगले मतदानमा आवश्यक स्वस्तिक छाप, मतपेटिका स्टिकर, नमेटिने मार्कर लगायतका एक दर्जन बढी सामग्रीहरुका लागि खरिद प्रक्रिया अघि बढाएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले ७ दिनको समयसीमा तोकेर बोलपत्र आह्वान गरिएको जानकारी दिए ।

आयोगले निर्वाचन सामग्री खरिदको बोलपत्र आह्वानको सूचना प्रतिनिधिसभा सदस्य निर्वाचन २०७८ प्रयोगजको विशेष परिस्थितिमा प्रकाशित गरिएको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले देखिने गरी काम नगरेको भन्दै आलोचना गरेको ३ दिनपछि निर्वाचन आयोगले सामग्री खरिद प्रक्रिया अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top