ताजा समाचार


अदालतमा साक्षी बसेका एक दम्पति घरबाटै बेपत्ता, सुतेको ठाउँमा रगतको छिटा

द रियल समाचार     २०७७ फाल्गुन ११, मंगलवार, ११: २४ मा प्रकाशित




जनकपुरधाम । महोत्तरीमा मोही जग्गाको मुद्दामा अदालतमा साक्षी बसेका एक दम्पति घरबाटै बेपत्ता भएका छन् ।

जिल्लाको पिपरा गाउँपालिका–५ सहोडवाका ६५ वर्षीय मोसाफिर झा र उनकी ६० वर्षीया पत्नी गीतादेवी झालाई सोमबार राति घरबाटै अपहरण गरिएको हुनसक्ने प्रहरीको आशंका छ । उनीहरु सोमबार राति आफ्नो घरमा सुतेकै ठाउँबाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश बिष्टले जानकारी दिए ।

आज बिहान झा दम्पतिलाई घरमा नभेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । झा दम्पति बेपत्ता भएको ठाउँमा रगतको छिटा समेत देखिएकोले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ । दुबै जनाको खोजी तीव्र रूपमा भइरहेको प्रहरी नायव उपरिक्षक बिष्टले जानकारी दिए ।

झा दम्पति मोही जग्गा विवादको मुद्दामा साक्षी बसेको र अदालतमा विचाराधीन रहेको मुद्दाका विपक्षीसँग उनको केहि दिन अघि विवाद भएको स्थानीयले बताए ।

झा दम्पतिको खोजी चाँडो भन्दा चाँडो गर्नुपर्ने माग गर्दै त्यहाँका स्थानीयले अहिले चक्काजाम गरि जनकपुर–जलेश्वर सडक खण्ड अवरुद्ध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top