ताजा समाचार


डा.बाबुराम भट्टराई अस्पताल भर्ना

द रियल समाचार     २०७७ फाल्गुन ११, मंगलवार, ११: २० मा प्रकाशित




काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई आज अस्पताल भर्ना भएका छन् ।

भट्टराई मंगलबार बिहान ९ बजे दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना भएको उनका प्रेस संयोजक विश्वदीप पाण्डेले जानकारी दिए । भट्टराईलाई आज दिनभर अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिने पाण्डेले बताए ।

पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराई आइतबार नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली गएका हुन् ।

चिकित्सकहरुले न्युरोइन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेपछि उनी दिल्ली उडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top