ताजा समाचार


यसवर्षको एसइई जेठको पहिलो साता गर्ने तयारी, प्रश्नपत्र निर्माणको काम सुरु

द रियल समाचार     २०७७ फाल्गुन १०, सोमबार, २३: २६ मा प्रकाशित




काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) जेठको पहिलो साता गर्ने तयारी गरेको छ ।

अरु कक्षाहरुको परीक्षा जस्तै एसइई परीक्षा पनि जेठको पहिलो सातामै लिने तयारी गरिएको परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए । उनले बोर्डले छिट्टै मिति तय गर्ने जानकारी दिए ।

शिक्षा मन्त्रालयले शैक्षिकसत्र जेठसम्म कायम गर्ने निर्णय गरेपछि बोर्डले एसइई परीक्षा जेठ पहिलो साता लिने तयारी गरेको हो ।

परीक्षाका लागि फाराम भर्ने काम सकिएको बताउँदै उनले जिल्लामा इन्ट्री भएपछि सिम्बोल नम्बर र परीक्षा केन्द्र निर्धारण गरिने बताए ।

खकुरेललका अनुसार एसइईका लागि प्रश्नपत्र निर्माणको काम सुरु भएको छ । ‘अघिल्ला वर्षहरूमा यो समयसम्ममा प्रश्न-पत्र निर्माणको काम सक्न्थ्यिो । यो वर्ष कोरोना भाइरसका कारण पठनपाठन ढिला गरी सुरु भएकाले प्रश्नपत्र निर्माणमा ढिलाइ भएको छ’ उनले भने ।

यसवर्ष एसइईमा परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागि हुने परीक्षा नियन्त्रक खकुरेलको भनाइ छ ।

गत वर्ष ४ लाख ८२ हजार विद्यार्थीले फारम भरेका थिए । कोरोनाका कारण अन्तिम समयमा परीक्षा स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top