कैलाली । सुदूरपश्चिमको कञ्चनपुरमा निर्मलाका लागि न्याय माग्ने आधा दर्जन महिला अधिकारकर्मी पक्राउ परेकी छन् ।
जिल्लाको दैजीमा महिला अधिकारकर्मी शारदा चन्द सहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर पुगेका बेला निर्मला पन्तको न्यायको माग गरिरहेकी चन्दसहित ६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा अधिकारर्मी शारदा चन्द, आनन्दी राना, लक्ष्मी मल्ल, निर्मला जोशी भट्ट, खडक बिष्ट र मिना भण्डारी रहेका छन्।
पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय झलारीमा राखिएको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया