ताजा समाचार


नारा जुलुस होइन्, देश विकासको आन्दोलन गर्छु : प्रधानमन्त्री ओली

द रियल समाचार     २०७७ फाल्गुन १०, सोमबार, १७: १८ मा प्रकाशित




कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनस्र्थापना भए आपूmले आन्दोलन गर्ने भन्ने कुरा नभनेको बताएका छन् ।

सोमबार कञ्चनपुरको बेदकोट नगरपालिकामा दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘मैले नारा जुलुस गर्छु भनेको होइन् । देश विकासको आन्दोलन गर्छु भनेको हुँ’ उनले भने ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले पश्चिमसेती जलविद्युत आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माण गरिने आश्वासन दिए । उनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला दुई÷तीन दिनभित्रै हुनसक्ने संकेत पनि गरे । ‘अहिले प्रतिनिधिसभा विघटन भएको छ । हामी चुनावको तयारीमा छौ । हुनसक्छ अबको दुई/तीनभित्रै संसद विघटनबारे फैसला हुन्छ होला,’ प्रधानमन्त्री ओलीले भने । उनले महकालीको पानी नेपाली किसानको खेतसम्म पुर्याउने योजना निर्माणाधीन अवस्थामा रहेको र छिट्टै पूरा हुने दावी गरे ।

नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री पिभी नरसिंह रावबीच २०५२ माघ १९ गते महाकाली नदीको एकीकृत विकास सम्बन्धी महाकाली सन्धि भएको थियो । यो सन्धि नेपालको हितविपरीत भएको र त्यसमा ओलीले महत्वपूर्ण भूमिका खेलेको आरोप लाग्दै आएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले वर्तमान सरकारले सुदूरपश्चिममा ऐतिहासिक काम गरेको दाबी गरे । ‘हामीले यस क्षेत्रको मात्रै होइन समग्र नेपालको भूमि समेटेर नक्सा र संविधानमा समावेश गर्न सकेका छौं’ उनले भने, ‘अब यसले एउटा वातावरण बनेको छ । भारतसँग संवाद भइरहेको छ ।’

सुदूरपश्चिम सुन्दर पश्चिम मात्रै नभएर आर्थिक हिसाबले विकसित हुने दिशामा अघि बढेको भन्दै उनले सरकारले विकसित प्रदेशका रुपमा अगाडि बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top