काठमाण्डौ । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबिच भेटवार्ता भएको छ । प्रधानन्यायाधिश जबरालाई भेट्न सोमबार दिउँसो प्रधानसेनापति थापा सर्वोच्च अदालत पुगेका हुन् ।
सर्वोच्च अदालतमा संसद विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा रहेका वेला प्रधानसेनापति थापाले प्रधानन्यायाधिश जबरालाई भेट्नु अर्थपूर्ण मानिएको छ ।
यद्यपी थापा र जबराबीच भएको भेटवार्ताको बारेमा भने केही खुलाइएको छैन ।
प्रतिक्रिया