ताजा समाचार


उडान भरेको केहीबेरमै सैनिक विमान दुर्घटनाग्रस्त, ७ जनाको मृत्यु

द रियल समाचार     २०७७ फाल्गुन १०, सोमबार, १५: ४४ मा प्रकाशित




एजेन्सी । नाइजेरियाको एक एयरपोर्टबाट उडान भरेको केही बेरमै एक सैनिक विमान दुर्घटनामा परेको छ ।

एयरपोर्टमा उपस्थित सयौँ यात्रुकै अगाडि झरेको यो जहाज केही बेरमै जलेर खरानी बन्यो । यो दुर्घटनामा जहाजमा सवार सातजना यात्रु पनि मारिएका छन् । रिपोर्ट अनुसार इन्जिन फेल भएपछि विमानमा विस्फोट भएको थियो ।

त्यसपछि आबुजा एयरपोर्ट नजिकै खसेको जहाजमा आगो लागेको थियो । जहाजमा सवार सैन्य अधिकारीहरु एउटा उद्धार मिसनमा जाँदै थिए । इन्जिनमा आगो लागेपछि विमानले आपत्कालीन अवतरणको कोसिस गरेको थियो । तर सफलता मिलेन । एयरपोर्टका एक कर्मचारीका अनुसार हेर्दा हेर्दै जमिनमा बजारिएको जहाज केही बेरमै खरानी भयो ।

शनिवार अमेरिकामा युनाइटेड एयरलाइन्सको एक विमानमा पनि आगो लागेको थियो। तर यात्रुलाई कुनै क्षति भएको थिएन । उक्त जहाजलाई आपत्कालीन अवतरण गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top