वीरगञ्ज । प्रदेश नम्बर २ को बारा जिल्लास्थित एक उद्योगमा भीषण आगलागी भएको छ ।
जिल्लाको जीतपुर-सिमरा उपमहानगरपालिका वडा नम्बर-९ स्थित आरती वनस्पति उद्योगमा आगलागी भएको हो ।
आइतबार साँझ ७ बजेर ३५ मिनेटमा लागेको आगो आज बिहान ११ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।
ज्वलनशील पदार्थ उत्पादन हुने सो उद्योगमा भएको आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको बताइएको छ ।
वीरगञ्ज महानगरपालिकाका ३ वटा, हेटौंडा, जीतपुरसिमरा, कलैया उपमहानगरपालिका, कोहल्वी नगरपालिका, नेपाल आयल निगम अमलेखगञ्जका एक-एक गरी ८ वटा वारुणयन्त्र र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
तस्बिर : सांकेतिक
प्रतिक्रिया