जनकपुरधाम । प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य दिलिप कुमार साहलाई अदालतले आममाफी दिएको छ ।
बहुबिबाह मुद्दामा दोषी ठहरिएका सांसद साहलाई एकदिन पनि कैद भुक्तान नगरी राजनीतिक पहुँचको आधारमा अदालतले उनमुक्ति दिएको हो ।
साह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट सिरहाको क्षेत्र नम्बर ४ को (क) बाट निर्वाचित सांसद हुन् ।
साहकी श्रीमती संगीतादेवी यादवले दायर गरेको मुद्दामा उनलाई जिल्ला अदालत धनुषाले १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
३ जेठ ०७२ मै उनलाई अदालतले दोषी ठहर गर्दै फैसला सदर गरेकोमा उनी एक दिन पनि जेल बसेका छैनन् ।
बहुविवाहमा सजाय पाएका कसुरदारलाई राज्यले पनि माफी दिन नपाइने कानुन रहेपनि नेकपा नेता साहलाई आममाफी दिन सरकारले फौजदारी कसुर (कैद कट्टा) नियमावली नै संशोधन गरेको छ । त्यससम्बन्धी अपराधमा जेल परेका अन्य ८४ जना पनि सँगै छुटेका छन् ।
सांसद साहको नेकपा नेता मातृका यादवकी छोरीसँग २०५७ सालमा अन्तरजातीय विवाह भएको थियो। अन्तरजातीय भए पनि विवाहको लागि दुबैतर्फको सहमति थियो।
तर सम्बन्ध विच्छेद नगरी साहले अर्को विवाह गरेपछि संगीताले उनीविरुद्ध जिल्ला अदालत धनुषामा बहुविवाहसम्बन्धी मुद्दा दायर गरेका थिए।
प्रतिक्रिया