ताजा समाचार


प्रदेश प्रमुख झालाई मुख्यमन्त्री राउतले कार्यकक्षमा पुगेर राति गरे स्वागत

द रियल समाचार     २०७७ फाल्गुन १०, सोमबार, १०: ०९ मा प्रकाशित




जनकपुरधाम । नवनियुक्त प्रदेश प्रमुख राजेश झा (अहिराज) लाई मुख्यमन्त्री लालबाबु राउतले आइतवार राति स्वागत गरेका छन् ।

प्रदेश प्रमुख झा आईतबार जनकपुरधाम पुग्दा प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु जिल्ला बाहिर रहेकोले उनको स्वागतका लागि आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहा विमानस्थल पुगेका थिए ।

आइतबार साँझ करिव ६ बजे पदभार ग्रहण गरेका प्रदेश प्रमुख झालाई मुख्यमन्त्री राउतले वीरगञ्जबाट फर्केपछि राति कार्यकक्षमै पुगेर स्वागत गरेका थिए । मुख्यमन्त्रीसँगै मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा पनि उनको स्वागतका लागि पुगेका थिए ।

यसअघि संघीयता विरोधी अभिव्यक्ति दिँदै आएको भन्दै प्रदेश सरकारले नवनियुक्त प्रदेश प्रमुख झाको विरोध जनाउँदै आएको थियो ।

सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले काम चलाउ सरकारलाई संवैधानिक तथा राजनैतिक नियुक्तिको अधिकार नभएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले झालाई जबर्जस्ती प्रदेश प्रमुख बनाएको बताए ।

मन्त्रिपरिषदबाट सिफारिस भई आएअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम तिलक परियारलाई पदमुक्त गरी संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राजेश झा (अहिराज) लाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top