ताजा समाचार


प्रेस संगठन नेपालको प्रदेश २ संयोजकमा किरण कर्ण

द रियल समाचार     २०७७ फाल्गुन ९, आईतवार, २०: ०० मा प्रकाशित




जनकपुरधाम । प्रेस संगठन नेपालले सातवटै प्रदेशमा प्रदेश इन्चार्ज र संयोजक पुनर्गठन गरेको छ ।

आइतबार दाहाल–नेपाल नेतृत्वको नेकपाले स्थायी समिति सदस्य योगेश भट्टराईलाई संगठनको इन्चार्ज चयन गर्दै सो पार्टीनिकट पत्रकारहरु आवद्ध रहेको संगठन पुनर्गठन गरेको हो ।

नवगठित प्रेस संगठन नेपालको प्रदेश १ को इन्चार्जमा राजन केडी र संयोजकमा देबेन्द्र कार्की, प्रदेश २ को इन्चार्जमा प्रकाश खतिवडा र संयोजकमा किरण कर्णलाई चयन गरिएको छ ।

वागमती प्रदेशको इन्चार्जमा रामकुमार एलन र संयोजकमा सुनिल खड्का चयन भएका छन् भने गण्डकी प्रदेशको इन्चार्जमा हरिनारायण गौतम र संयोजकमा अर्जुन काफ्ले रहेका छन् ।

लुम्बिनी प्रदेशको इन्चार्जमा विकास वञ्जाडे र संयोजक मानसिंह विक चुनिएको संगठनले जनाएको छ । त्यस्तै कर्णाली प्रदेशको इन्चार्जमा जीवन विसी र संयोजकमा गणेशकञ्चन भारती चयन भएका छन् । सुदुरपश्चिम प्रदेश इन्चार्जमा रामसिंह ठगुन्ना र संयोजकमा नवाज भण्डारी चुनिएका छन् ।

त्यसैगरी, संयोजकमा महेश्वर दाहाल, सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णु सापकोटा चयन भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top