काठमाण्डौ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । सत्तारुढ नेकपा ओली समूहको असन्तुष्टिका बीच राईविरुद्ध दाहाल–नेपाल समूहले अविश्वासको प्रस्ताव पेश गरेको हो ।
यसअघि दाहाल–नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । तर ओली समूहले नेकपा राजनीतिक रुपमा फुटे पनि कानूनी रुपमा नफुटेको भन्दै बैधानिकताबारे प्रश्न गर्दै आएको थियो ।
आइतबार पनि बैठकअघि मुख्यमन्त्री शेरधन राईले सभामुखलाई पत्र पठाएर यसबारे स्मरण गराएका थिए । सभामुख प्रदीपकुमार भण्डारीले बैठक राखेपछि मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेश भएको छ ।
अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख भण्डारीले प्रदेशसभाको बैठक स्थगित गरेका छन् । अविस्वास प्रस्ताव खारेज नभए बैठक चल्न नदिने धम्की दिदै आएको सरकार पक्षले बैठक बहिस्कार गर्ने रणनीति बनाएको थियो ।
प्रतिक्रिया