ताजा समाचार


भारतसँग खरिद गरिएको १० लाख डोज खोप नेपाल ल्याइयो

द रियल समाचार     २०७७ फाल्गुन ९, आईतवार, १६: १२ मा प्रकाशित




काठमाण्डौ । नेपाल सरकारले भारतसँग खरिद गरेको कोरोना खोपको १० लाख डोज नेपाल आइपुगेको छ ।

सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियाले अक्स्फोर्डसँगको सहकार्यमा भारतमा उत्पादन गरेको कोभिशिल्ड खोप २० लाख डोज खरिद गरेको हो । सोही २० लाख खोपमध्ये आइतबार दिउँसो १० लाख डोज खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार आइतबार एयर इन्डिया दिल्ली–काठमाडौंको उडानमार्फत् खोप नेपाल आइपुगेको हो । उक्त खोप त्रिभुवन विमानस्थलबाट टेकुस्थित कोल्डरुपमा भण्डारी गरी यही फागुन २३ गतेदेखि देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य मन्त्रालयका सह(प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

यसअघि भारतले नेपाललाई अनुदानमा १० लाख डोज कोभिशिल्ड खोप उपलब्ध गराएको थियो । सो खोपबाटै गत माघ १४ गतेदेखि नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको थियो ।

अहिले भारतबाट किनिएको २० लाख डोज खोपमध्ये बाँकी १० लाख डोज पनि छिट्टै प्राप्त हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top