ताजा समाचार


भान्जालाई अपहरण गर्ने कंश मामा पक्राउ

द रियल समाचार     २०७७ फाल्गुन ९, आईतवार, १५: ३९ मा प्रकाशित




जनकपुरधाम । धनुषाबाट भान्जाको अपहरण गर्ने मामा पक्राउ परेका छन् ।

शनिबार जिल्लाको नगइराइन नगरपालिका वडा नम्बर–६ स्थित लग्माबाट आफ्नै ७ वर्षीय भान्जाको अपहरण गर्ने मामालाई प्रहरीले पक्राउ गरेको हो ।

लग्माका रमेश दासका ७ वर्षीय छोरा चन्दन दासलाई उनका मामा महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर–७ दनौली घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ मा बस्दै आएका २० वर्षीय राम रतन दास भन्ने लक्ष्मेश्वर कुमार दासले शनिबार दिउँसो १ बजे मोटरसाइकलमा बसाएर लगेका थिए ।

अपहरणमा परेका सो बालकलाई शनिबार राति साढे आठ बजे जनकपुरधाम–७ कटैयाचौरीस्थित सरोज ठाकुरको घरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरिक्षक प्रकाश राणाभाटले जानकारी दिए । प्रहरीले दिएको जानकारी अनुसार शनिबार साँझ ७ बजे बालकको आमालाई फोन गरि अपहरणकारी मामाले उनीसँग १ करोड रुपैयाँ फिरौती मागेका थिए ।

बालकको अपहरण बारे उनका अभिभावकले प्रहरीलाई जानकारी दिनासाथ तत्कालै जिल्ला प्रहरी कार्यालय धनुषा र २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको विशेष टोलीले राम रतन दास भन्ने लक्ष्मेश्वर कुमार दासलाई राती साढे आठबजे पक्राउ गर्न सफल भएको थियो ।

अपहरित बालकलाई परिवारजनको जिम्मा लगाईसकिएको र घटनामा संलग्न रहेको आशंकाको आधारमा अन्य दुईजनालाई समेत पक्राउ गरि अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक राणाभाटले बताए ।

–फरकधार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top