ताजा समाचार


२ सय ३१ यात्रु बोकेर उडिरहेको विमान ठुलो दुर्घटनाबाट जोगियो

द रियल समाचार     २०७७ फाल्गुन ९, आईतवार, १३: ५९ मा प्रकाशित




एजेन्सी । अमेरिकाको एउटा बोइङ ट्रिपल सेभेन विमान ठुलो दुर्घटना हुनबाट जोगिएको छ ।

उडिरेहेको अवस्थामा उक्त विमानको एक इन्जिनमा आगलागी हुँदा इन्जिनको केही भाग जमिनमा झरेको थियो । यतिसम्म हुँदापनि पाइलटले भने सकुशल रुपले डेनभर विमानस्थलमा फर्किएर अवतरण गराएका हुन् ।

चालक दलका १० सदस्यसहित २ सय ३१ यात्रु बोकेर डेनभरबाट होनोलुलुका लागि उडेको विमान उडान भरेको केही समयमै दाहिने पट्टीको इन्जिनमा आगलागी भएपछि आपतकालिन अवस्थामा अवतरण गराइएको थियो । आगो लागेको इन्जिनको केही भाग डेन्भरको एउटा निजी भवन परिसरमा झरेको थियो । तर पाइलटले नआत्तिकन उक्त जहाजलाई सफल अवतरण गराएका छन् ।

अमेरिकाको नेशनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डले २६ वर्ष पुरानो उक्त जहाजको इन्जिनमा किन समस्या आयो भन्नेबारे अनुसन्धान थाल्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top