काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ दल नेकपाले गणतन्त्रलाई गाइजात्रा बनाएको आरोप लगाएका छन् ।
आइतबार बिहान सामाजिक सञ्जालमार्फत प्रक्रिया दिँदै थापाले आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने प्रधानमन्त्रीको चेतावनीप्रति प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयपछि देशमा देखिएका अस्वभाविक राजनीतिक गतिविधिबारे चर्चा गर्दै थापाले गणतन्त्रलाई गाईजात्राको संज्ञा दिएका हुन् ।
‘आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने प्रमको चेतावनी, राष्ट्रपति र सरकारको निर्णयको उपराष्ट्रपतिद्वारा विरोध, सभामुखद्वारा राष्ट्रपति, प्रम र प्रधानन्यायाधीश विरुद्ध मुद्दा हाल्ने, सडक प्रदर्शन गरी दलका नेताहरुले अदालतलाई तर्साउने धम्क्याउने’ थापाले भनेका छन्।
थापा र उनको पार्टीले गणतन्त्रको सट्टा संवैधानिक राजतन्त्रात्मक व्यवस्था कायम हुनुपर्ने माग गर्दै आएको छ ।
प्रतिक्रिया