काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि आज नयाँदिल्ली जाँदै छन् ।
नेता डा. भट्टराई नेपाल वायुसेवाको विमानबाट स्वास्थ्य उपचारका लागि नयाँदिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ ।
लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित रहेका भट्टराई काठमाण्डौको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।
अहिले चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेकाले उनी त्यसको उपचारका लागि दिल्ली जान लागेको जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।
दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उनको उपचार हुने पाण्डेले बताए । उनीसँग पत्नी हिसिला यमी पनि दिल्ली जान लागेकी हुन् ।
प्रतिक्रिया