विराटनगर । मोरङमा ट्रकको ठक्करबाट दुईजनाको मृत्यु भएको छ ।
जिल्लाको उर्लाबारी नगरपालिका-४ मा ट्रकको ठक्करबाट स्कुटरमा सवार २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्कुटर चालक उर्लाबारी नगरपालिका-८ सिसौलीका २३ वर्षी प्रदीप धामी र २२ वर्षीय सुदीप भुजेल रहेका छन् ।
को ३१ प ५१ नम्बरको स्कुटरलाई प्रदेश १, ०१-००१ क १० ३५ नम्बरको ट्रकले हिजो बेलुकी साढे ७ बजे ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दुबै जनाको उपचारको क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै सवारी साधनसहित ट्रक चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।
प्रतिक्रिया