ताजा समाचार


जनकपुर जेसीजको एक्सन म्यानेजमेन्ट तालिम सम्पन्न

द रियल समाचार     २०७७ फाल्गुन ९, आईतवार, ००: ४४ मा प्रकाशित




जनकपुरधाम । जनकपुर जेसीजले एक्सन म्यानेजमेन्ट तालिम सम्पन्न गरेको छ । शनिबार जनकपुरधाममा सो तालिम सम्पन्न भएको हो ।

जेसीज सचिवालयमा आयोजित तालिममा नेपाल जेसीजबाट एमटिओटी प्राप्त प्रशिक्षक जेसी कैलाश महासेठले सहभागीहरुलाई तालिम दिएका हुन् ।

कार्यक्रम जेसिजका सदस्य र अन्य सहभागीहरुका बिच सम्पन्न भएको थिए । कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष एवं जनकपुर जेसीजका निवर्तमान अध्यक्ष जेसी गौतम साहको समेत उपस्थिति रहेको थियो ।

जेसी मनोज साहको अध्यक्षतामा आयोजित तालिमको संयोजन राजेन्द्र कुमार साहले गरेका थिए। कार्यक्रमको उदघोषण जनकपुर जेसीजका महासचिव जेसी राज कुमार साहले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top