ताजा समाचार


जनकपुरधामस्थित नमस्कार होटेल एण्ड गेस्ट हाउसमा एक महिला मृत फेला (अपडेट)

द रियल समाचार     २०७७ फाल्गुन ८, शनिबार, २०: १२ मा प्रकाशित




जनकपुरधाम । जनकपुरधामस्थित एक होटेलमा एक महिला मृत फेला परेकी छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ स्थित नमस्कार होटेल एण्ड गेस्ट हाउसमा अन्दाजी ३५ वर्षीया एक महिला मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

उनी होटेलको कोठामा झुण्डिएको अवस्थामा शनिबार साँझ फेला परेको मिश्रले द रियाल समाचारलाई बताए । उनी त्यस गेस्ट हाउसको कोठा नं. ११३ मा विगत २ दिनदेखि बस्दै आएकी थिइन् ।

मृतक महिलाले होटेलको काउण्टरमा आफ्नो परिचयमा नाम समिक्षा पोखरेल पाण्डे, उमेर ३५ वर्ष र ठेगाना महोत्तरीको जलेश्वर नगरपालिका–२ लेखाएकी थिईन् ।

भित्रबाट ढोकाको चुकु लगाएको र बाहिर झ्यालबाट हेर्दा पासो लागेर मृत्यु भएको देखेपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

घटना सम्बन्धमा थप अनुसन्धान कार्य अगाडी बढाइएको र परिवारलाई सम्पर्कमा ल्याउने प्रयास भईरहेको धनुषा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top