ताजा समाचार


प्रयोगशालाका कर्मचारीहरु कोरोना परिक्षण बन्द गरेर आन्दोलनमा

द रियल समाचार     २०७७ फाल्गुन ८, शनिबार, १९: ०५ मा प्रकाशित




जनकपुरधाम । जनस्वास्थ्य प्रयोगशालामा कार्यरत करारका कर्मचारीहरु कोरोना परिक्षण बन्द गरेर आन्दोलनमा उत्रेका छन् ।

आफुहरुले ५ महिनादेखि तलबभत्ता नपाएको भन्दै उनीहरु आन्दोलनमा उत्रेका हुन् । सामाजिक विकास मन्त्रालयले आफुहरुको तलबभत्ता नदिएको र मागेपछि कुनै सुनुवाई नगर्दा बाध्य भएर शुक्रबारदेखि पीसीआर परिक्षण समेत बन्द गरेको आन्दोलनरत एक कर्मचारीले बताए ।

माइक्रोबायोलोजिस्ट अमरेन्द्र मिश्रले भने,‘कोरोना महामारीको समयमा २४ घण्टासम्म काम गरेपनि हालसम्म तलबभत्ता नदिएकाले बाध्य भएर कोरोना परिक्षण समेत बन्द गरेका छौं ।’ कोरोना महामारीको समयमा सबैजना घरमा रहेको समयमा आफुहरुले आफ्नो ज्यान जोखिममा राखेर काम गर्दा समेत तलबभत्ता नपाएपछि पीडित बनेको उनको गुनासो छ ।

कोरोना परिक्षण बन्द हुँदा प्रयोगशालामा कोरोना परिक्षणको लागि दैनिक आउने १ देखि १५० जना मानिस रित्तै फर्किन बाध्य भएका छन् । परिक्षणका लागि जनशक्ति अभाव भएपछि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले ७ भदौमा करारमा कर्मचारी भर्ना सम्बन्धी सूचना आह्वान गरेको थियो ।

मेडिकल माइक्रोबायोलोजिस्ट, मेडिकल ल्याब टेक्नोलोजिस्ट, ल्याब टेक्निसियन, ल्याव असिस्टेन्ट, कम्प्युटर अपरेटर, रिसेप्सनिष्ट, सवारीचालक, कार्यालय सहयोगी, स्विपर, सेक्युरिटी गार्ड लगायतको पदमा ३५ जना कर्मचारी प्रयोगशालाले भर्ना गरेको थियो ।

गत असोज १ गतेदेखि निरन्तर कोरोना कहरको जोखिममा खटेका ती कर्मचारीहरुलाई हालसम्म तलबभत्ता दिइएको छैन् ।

तस्बिर साभार : टुडेपाटी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top