ताजा समाचार


संसद विघटन संघियता विरोधी कदम : कोइराला

द रियल समाचार     २०७७ फाल्गुन ८, शनिबार, १८: ४५ मा प्रकाशित




जनकपुरधाम । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले हजारौं शहीदको बलिदानीबाट प्राप्त प्रजातन्त्र, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रधानमन्त्री र राष्ट्रपतिले ग्रहण लगाइदिएको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियनले जनकपुरधाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले प्रधानमन्त्रीले संविधानको उल्लंघन गर्दै राष्ट्रपति जस्तो गरिमामय पदमा बसेका व्यक्तिलाई आफ्नो पदीय दायित्वबाट विमुख गराई दलीय स्वार्थमा लगाएर लोकतन्त्र समाप्त पार्न मुलुकलाई दुर्घटनातर्फ धकेल्न लागेको आरोप लगाए ।

नेता कोइरालाले प्रधानमन्त्रीद्वारा गरिएको संसद विघटनको कार्य लोकतन्त्र, गणतन्त्र र संघीयता विरोधी रहेको जिकिर गरे । उनले भने,‘सर्वोच्च अदालतले प्रधानमन्त्रीकै कदमलाई सदर गर्ने हो भने कुन धारा अनुसार संसद विघटन गरिएको हो भन्ने प्रमाण सहित खुलाए ठीक नभए देशमा आन्दोलनको आँधी आउँछ ।’

पुस ५ लाई आफुले कालो दिवसको रूपमा लिएको बताउँदै उनले अदालतले संसद पुनस्र्थापन गर्ने विश्वास समेत व्यक्त गरे । उनले बैशाखमा निर्वाचन नहुने दाबी समेत गरे ।

उनले पार्टी सभापति शेरबहादुर देउवा स्वेच्छाचारी र निष्क्रिय भएकोले पार्टी गतिहीन बनेको आरोप समेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top