ताजा समाचार


सप्तरीबाट अवैध सामानसहित दुई जना पक्राउ

द रियल समाचार     २०७७ फाल्गुन ८, शनिबार, १८: ०१ मा प्रकाशित




सप्तरी । सप्तरीबाट अवैध सामानसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको सुरुङगा नगरपालिका–४ का ४२ वर्षीय रामअवतार यादव र सिरहाको भगवानपुर गाउँपालिका–४ का २३ वर्षीय मो.नसिरुदिन रहेका छन् ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत बलान खोलाको पुलबाट गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कडरवोनाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ भन्सार छलि गरी ल्यारहेको अवैध सामानसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक भुवनेश्वर साहले जानकारी दिए ।

पक्राउ परेका दुवैको साथबाट ट्रयाकसुट पाईन्ट २६५ पिस, टिर्सट २४२ पिस र हाफ पाईन्ट १३४ पिसलगायतका सामानहरु बरामद भएको साहले बताए ।

पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top