ताजा समाचार


काबुलमा शनिबार बिहान भएको विस्फोटमा परी ५ जनाको मृत्य

द रियल समाचार     २०७७ फाल्गुन ८, शनिबार, १४: ३१ मा प्रकाशित




एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा शनिबार बिहान भएको विस्फोटमा परी ५ जनाको मृत्य भएको छ ।

शनिबार तीन वटा कारलाई लक्षित गर्दैै भएको विस्फोटमा परी ५ जनाको मृत्य भएको हो । मृत्यु हुनेमा दुई प्रहरी अधिकारी, एक महिलासहित तीनजना सर्वसाधारण रहेको बताइएको छ । विस्फोटमा परी अन्य दुई व्यक्ति घाइते समेत भएको काबुलको प्रहरी स्रोतले जनाएको छ ।

पहिलो विस्फोट स्थानीय समयानुसार शनिबार बिहान ८ बजे, दोस्रो विस्फोट सवा ८ बजे र तेस्रो विस्फोटन १० बजेर २० मिनेटमा भएको काबुलका प्रहरी प्रवक्ता फरदौस फारामारसले सिन्ह्वा सामाचार समितिलाई बताए ।

घटना सम्बन्धमा विस्तृत विवरण प्राप्त नभएको र अपराधिक अनुसन्धान विभागसहित एक संयुक्त सुरक्षा टोली खटाइएको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top