ताजा समाचार


तामाङ र राई पुनः ओली समूहमै

द रियल समाचार     २०७७ फाल्गुन ८, शनिबार, १४: १२ मा प्रकाशित




काठमाण्डौ । नेकपाका नेता समेत रहेका पूर्वमन्त्री शेरबहादुर तामाङ र प्रदेश १ की प्रदेशसभा सदस्य उषाकला राई फेरि प्रधानमन्त्री केपी शर्मा ओलीको समूहमा फर्केका छन् ।

नेकपाको दाहाल–नेपाल समूहमा आफूहरुको सही व्यवस्थापन हुने नदेखेपछि दुबैजना फेरि ओली समुहमै फर्केको उनीहरुले बताएका छन् । नेकपा विभाजन भएपछि सुरुमा दुबैजना ओली समूहकै बैठकमा सहभागी भएका थिए ।

तर केहीदिनमै उनीहरु दाहाल–नेपाल समूहमा फर्केका थिए । राईले भनिन्,‘हो, हामी फर्कियौं, दाहाल–नेपाल समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि हामी फर्किएका हौं ।’

सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ बाट शेरबहादुर निर्वाचित तामाङ नेकपाका केन्द्रिय सदस्य हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top