काठमाण्डौ । संसद विघटनविरुद्ध आज दोस्रो दिन पनि ‘अहिंसात्मक नागरिक प्रदर्शन’ को ब्यानरमा काठमाण्डौमा विरोध प्रदर्शन गरिएको छ ।
प्रतिनिधिसभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा प्राध्यापक डा.गोविन्द केसीको पनि सहभागिता रहेको थियो ।
‘प्रदर्शनकारीले नागरिक अघि बढ्दैछ, लुटतन्त्र ढल्दैछ, न्यायिक सुशासन कायम गर, संविधानको रक्षा गर, संबैधानिक सर्वोच्चता कायम गर, संविधान विरुद्धको षडयन्त्र बन्द गर, निरंकुश सरकार चाहिँदैनलगायतका नारा अंकित प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया