विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका कार्यकर्ताहरुले प्रधानमन्त्रीविरुद्ध नारावाजी तथा प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर एयर्पोर्टमा झरेलगत्तै सो समूहका विद्यार्थीहरुले उनी विरुद्ध प्रदर्शन गरेका हुन् । संसद विघटनपछि वैशाख १७ र २७ गतेका लागि निर्वाचनको घोषणा गरेका प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले आज विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको हो ।
सोहि सभालाई सम्बोधन गर्न प्रधानमन्त्री विराटनगर गएका हुन् । प्रदेश १ स्तरीय सो आमसभालाई प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, सुवास नेम्वाङ र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने छन् ।
प्रधानमन्त्रीको आगमन हुने भएपछि विराटनगरको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
प्रतिक्रिया