झापा । पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ग्लोबल आइएमइ बैंक फिक्कलका शाखा प्रमुख अनन्त आचार्य रहेको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्गको मेचीनगर–१३ स्थित चारआलीमा भएको दुर्घटनामा परी उनको मृत्यु भएको हो ।
मे ११ प ४४७८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको मे ११ प ११३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा उनी गम्भीर घाइते भएका थिए । घाइते आचार्यको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्का मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ । दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको र घटना सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया