एजेन्सी । भारतको उत्तर प्रदेशमा प्रेम प्रस्ताव अस्वीकार गरेपछि एक युवकले आफ्नो प्रेमिकाको हत्या गरेको छ ।
आफ्नो प्रेम प्रस्तव अस्वीकार गरेपछि उनले आफ्नो प्रेमिकालाई पानीमा कीटनाशक औषधि मिसाएर खुवाएपछि उनको मृत्यु भएको हो ।आफ्नी हुन नसके कसैकी पनि नहोस् भन्ने अत्यन्त घृणित विचार उत्पन्न भएपछि एकतर्फी प्रेममा रहेका युवकले उक्त घटना घटाएका हुन् ।
उन्नाव गाउँमा एक दलित बालिकालाई एकतर्फी प्रेम गरेको युवकले पानीको बोतलमा कीटनाशक मिसाएको थियो । तर दुर्भाग्य त्यो पानी अनजानमा अन्य दुई बालिकाले पनि खाईन् । गाउँका १३, १६ र १७ वर्षीया ३ जना बालिकाले उक्त विष सेवन गरेका थिए । उनीहरु १७ फेब्रुअरीमा बबुरहा गाउँको खेतमा संदिग्ध हालतमा भेटिएका छन् । दुई जनाको मृत्यु भइसकेको छ भने एकजनाको गम्भीर अवस्थामा कानपुरमा उपचार भइरहेको छ ।
आईजी रेन्ज लक्ष्मी सिंहका अनुसार यो घटनाका मुख्य आरोपी पाठकपुरा गाउँका विनय हुन् । अर्का आरोपी नाबालिग हुन् । सोधपुछको क्रममा क्रममा विनयले आरोप स्वीकारेका छन् । लकडाउनका क्रममा भएको मित्रतालाई विनयले प्रेममा बदल्न खोज्दा उक्त घटना भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया