काठमाण्डौ । दोलखामा श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्लाको कालिञ्चोक गाउँपालिका–६ मा श्रीमतीको हत्या गरेको अभियोगमा २७ वर्षीय हिमाल थामी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरिक्षक भेषराज रिजालले थामीले आफ्नो श्रीमती २३ वर्षीया सुनिता थामीलाई शुक्रबार राति २ बजे खुकुरी प्रहार गरी हत्या गरेको पाइएको जानकारी दिए । प्रहरीलाई बिहान करिव ४ बजे खबर आएकोमा खोजतलास गर्दा भागेर कालिञ्चोक–७ मा पुगेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक रिजालले बताए ।
हाल पारिवारिक विवादमा घटना भएको हुनसक्ने आशंका गरिए पनि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल, दोलखा पठाइएको छ ।
प्रतिक्रिया