ताजा समाचार


ओली समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दै

द रियल समाचार     २०७७ फाल्गुन ८, शनिबार, ०९: ४३ मा प्रकाशित




विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको छ ।

संसद विघटनपछि वैशाख १७ र २७ गतेका लागि निर्वाचनको घोषणा गरेका प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले आज विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

विराटनगरको विराट नर्सिङ्होम नजिकै आयोजना हुने जनसभामा ओली समूहले २ लाख समर्थक उतार्ने दाबी गरेको छ ।

प्रदेश १ स्तरीय सो आमसभालाई प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, सुवास नेम्वाङ र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने छन् ।

१२ बजेदेखि सुरु हुने सभामा प्रदेशभरीबाट दुई लाख मानिस सहभागी हुने नेकपा ओली समूहका केन्द्रीय सदस्य विनोद ढकालले जानकारी दिए । उनका अनुसार जनसभाबाट गाउँ-गाउँबाट कार्यकर्ता ल्याउनका लागि एक हजार भन्दा बढि बसको व्यवस्था गरिएको छ । त्यस्तै विराटनगरको विभिन्न ६ स्थानबाट र्‍याली समेत निकालिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top