ताजा समाचार


भारतको जम्मू–काश्मिरमा गोली चल्दा दुई प्रहरी मारिए

द रियल समाचार     २०७७ फाल्गुन ७, शुक्रबार, १८: ०७ मा प्रकाशित




एजेन्सी । भारतको जम्मू–काश्मिरमा गोली चल्दा दुई प्रहरी मारिएका छन् ।

जम्मू–काश्मिरस्थित श्रीनगर शहरमा शुक्रबार गोली चल्दा स्थानीय दुई प्रहरी मारिएका हुन् । घटनामा दुईजना घाइते समेत भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार श्रीनगर शहरको बागत चोक इलाकामा प्रहरीको पार्टी चलिरहेका बेला गोलाबारी भएको बताइएको छ । आक्रमणपछि घटनास्थललाई घेरेर प्रहरीले सबैको खानतलासी गरेको छ । २४ सदस्यीय राजनीतिक प्रतिनिधिमण्डल काश्मिरको दुई दिने यात्रा गरेर फर्किएको भोलिपल्टै प्रहरीमाथि हमला भएको हो ।

यसअघि दुई अलग–अलग मुठभेडमा प्रहरीको गोली लागेर काश्मिरको शोपिया र बडगाम जिल्लामा तीनजना आक्रमणकारी मारिएका थिए ।

तस्बिर : आजतक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top