ताजा समाचार


इन्धनको मूल्यवृद्धिसँगै हवाई भाडा बढ्यो

द रियल समाचार     २०७७ फाल्गुन ७, शुक्रबार, १६: ४८ मा प्रकाशित




काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेसँगै वायुसेवा संचालकहरुले पनि हवाई भाडा वृद्धि गर्ने निर्णय गरेका छन् ।

आज बसेको बायुसेवा सञ्चालक संघको बैठकले निगमले आन्तरिक हवाई इन्धनको मुल्यवृद्धि गरेकोले हवाई भाडा वृद्धि गर्ने निर्णय गरिएको वायुसेवा सञ्चालक संघ नेपालका प्रवक्ता योगराज कँडेलले जानकारी दिए ।

निगमले गत फागुन ४ गते पेट्रोल, डिजेल र मट्टितेलसँगै हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँले बृद्धि गरेको थियो ।

नयाँ भाडादर भोली ८ गतेदेखि नै लागू हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top