ताजा समाचार


भागरथीको आज १७ औं दिनमा परिवारजनले बुझे शव

द रियल समाचार     २०७७ फाल्गुन ७, शुक्रबार, १६: ३३ मा प्रकाशित




कैलाली । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको आज १७ औं दिनमा परिवारजनले शव बुझेको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीमा शुक्रबार भएको छलफलपछि आफन्तले जिल्ला अस्पताल बैतडीमा रहेको भागरथीको शव बुझेका हुन् । हत्याका आरोपितलाई प्रहरीले पक्राउ गरेर थप प्रमाण समेत जुटाएपछि आज आफन्तले शव बुझेर दाहसंस्कार गर्न लागेका हुन् ।

प्रहरीले अभियुक्त दिनेश भट्टलाई बुधबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिसकेको छ । मृतक भागरथीको आफन्त पर्ने दिनेशलाई पक्राउ गरेकोमा परिवारले प्रमाणहरु देखाउनुपर्ने भन्दै यसअघि शव बुझ्न अस्वीकार गरेका थिए ।

तर आरोपीत दिनेशको परिवारका सबै सदस्यहरुसंग बिहिबार एक्लाएक्लै कुरा गर्न लगाइएकोमा सबैका अगाडि दिनेश आफैले बलात्कार र हत्या गरेको स्वीकार गरेका हुन् । दिनेशले आफ्ना बुवासंग समेत ४ घण्टा अलग्गै बसेर कुरा गर्दा सबै घटना आफैले गरेको स्वीकार गरे ।

अभियुक्तले प्रहरी र उनका आफन्तसंग न्यायीक हिरासतमा दिएकै बयानसँग सबै प्रमाणहरु मिल्न गएकाले आज आफुहरु शवको दाहसंस्कार गर्न लागेको मृतकको आफन्तले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top