काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूह आधिकारिकता दावी गर्दै आज निर्वाचन आयोग जान लागेको छ ।
बहुमत केन्द्रिय सदस्यहरु आफ्नो पक्षमा रहेकाले नेकपाको आधिकारिकता आफूहरुले नै पाउनुपर्ने बताउँदै आएको सो समूह आज आफ्ना केन्द्रिय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जाने तयारी गरेको हो ।
दाहाल-नेपाल समूहले आफ्ना केन्द्रिय सदस्यहरुलाई आ– आफ्नो नागरिकतासहित मध्याह्नसम्म पार्टी कार्यालयमा भेला हुन आ।आह्वान गरिसकेको छ ।
दाहाल-नेपाल समूहले निर्वाचन आयोगमा वैधानिकताको दावी गर्दै २८७ जनाको नाम बुझाएपनि पार्टी विभाजन हुनु अघिको केन्द्रिय कमिटीको ४४१ मध्ये ३१५ बढी आफ्नो पक्षमा रहेको दावी गर्दै आएको छ ।
गत पुस ५ गते सरकारले संसद विघटन गरेलगत्तै नेकपा दुई खेमामा विभाजित भएको छ । अहिले दुबै पक्षले आधिकारिक नेकपा आफू नै रहेको दाबी गर्दै आएका छन् ।
यता, निर्वाचन आयोगले भने आधिकारिकता विवाद अझै टुंगो लगाएको छैन ।
प्रतिक्रिया