ताजा समाचार


भागरथी हत्या प्रकरण : पक्राउ परेका दिनेशले बलात्कार गरेको स्वीकार्यो

द रियल समाचार     २०७७ फाल्गुन ६, बिहीबार, २२: २६ मा प्रकाशित




कैलाली । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या गरेेेको आरोपमा पक्राउ परेका किशोरले बलात्कार पछि हत्या गरेको स्वीकारेको छ।

यसअघि प्रहरीले बुधबार किशोरलाई सार्वजनिक गर्दा उनले हत्या गरेको कुरा मात्रै स्वीकार गरेको बताएको थियो। बिहीबार सरकारी वकिल कार्यालयमा आरोपी किशोरका बुवालाई समेत राखेर लिइएको बयानका क्रममा उनले आफूले किशोरीलाई बलात्कार गरेर घाँटी थिची हत्या गरेको कुरा स्वीकारेको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक उत्तमराज सुवेदीले जानकारी दिए।

उनले भने, ‘प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा किशोरीको बलात्कार गरि हत्या भएको पाइएको थियो, आज उनले सरकारी वकिलसँगको बयानमै बलात्कार गरेको स्वीकारेका छन्।’

डिआईजी सुवेदीका अनुसार आफूमा बदलाको भावना रहेको र सोही कारण आफूले भागरथीको बलात्कारपछि हत्या गरेको उनले बयान दिएका छन्। बुधबारसम्म भने ती किशोरले भागरथीका आफन्तसँग पनि आफूले हत्या गरेको तर बलात्कार नगरेको बताएका थिए।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सोही गाउँका १६ वर्षीय किशोरलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको थियो।यता, भागरथीका आफन्तले भने आजसम्म पनि शव भने बुझेका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top