ताजा समाचार


जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता नदिइए आन्दोलन गर्ने मञ्चको चेतावनी

द रियल समाचार     २०७७ फाल्गुन ६, बिहीबार, १९: २४ मा प्रकाशित




जनकपुरधाम । नेपाल जनसरोकार मञ्चले जन्मसिद्ध नागरिकको सन्तानलाई वंशजको नागरिकता दिने कार्य अविलम्ब शुरु नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मञ्चले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई ज्ञापन पत्र बुझाउदै आन्दोलनको चेतावनी दिएको हो । ज्ञापन पत्र बुझाउदै मञ्चले एक साता भित्रै जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता प्रदान गर्ने कार्य शुरु गर्न माग गरेको हो ।

आफूहरुको माग पूरा नभए देशभरीको जिल्ला प्रशासन कार्यालय अगाडी शान्तिपूर्ण धर्ना दिनुका साथै सशक्त आन्दोलन गर्ने मञ्चले बुझाएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको संविधानले नै प्रत्येक नेपाली नागरिकलाई नागरिकताबाट बञ्चित गर्न पाइने छैन उल्लेख रहेपनि सो बमोजिम कार्य नहुनु दुःखद रहेको छ ।

नागरिकताबाट बञ्चित भएका कारण हजारौँ नेपाली नागरिक राज्य बाट पाउने सुविधाबाट बञ्चित रहँदै आएकोले यो समस्या चाँडै समाधान गर्न मञ्चले माग गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top