जनकपुरधाम । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी गरिएको छ ।
चिकित्सा तथा दन्त–चिकित्सा शिक्षक कल्याण समाजले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र शिक्षाध्यक्ष प्रा.डा.गुरु खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
उनीहरुले प्रतिष्ठानले आफुहरुको मागमाथि कुनै ध्यान नदिएकोले तालाबन्दी गर्न बाध्य भएको बताएका छन् । लामो समयदेखि रोकिएको बढुवा प्रक्रियाको फाइल अगाडि नबढाइएको तथा कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिएको भन्दै आफुहरु आन्दोलनमा रहेको जानकारी दिएका छन् ।
दुई साताअघि लगातार धर्ना बसेपछि माघ २६ गते चिकित्सा तथा दन्त–चिकित्सा शिक्षक कल्याण समाज र प्रतिष्ठानका पदाधिकारीबीच भएको वार्तामा समाजको मागलाई सम्बोधन गर्ने आश्वासन दिइएपनि ९ दिन बितिसक्दा समेत माग पूरा नभएपछि तालाबन्दी गरेको समाजका अध्यक्ष डा.विष्णु पोखरेलले बताए ।
आगामी एक साताभित्र माग सम्बोधन नभए सामूहिक राजीनामा दिने पोरखेलले चेतावनी दिएका छन् ।
प्रतिक्रिया