ताजा समाचार


‘कोभिसिल्ड’ खरिद गर्न सेरम इन्स्टिच्यूटलाई ९३ करोड भुक्तानी

द रियल समाचार     २०७७ फाल्गुन ६, बिहीबार, १८: ५६ मा प्रकाशित




काठमाण्डौ । कारोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ खरिद गर्न नेपाल सरकारले भारतस्थित सेरम इन्स्टिच्यूटलाई ९३ करोड रुपैयाँ भुक्तानी गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले ‘कोभिसिल्ड’ खरिद गर्न अग्रिम भुक्तानी दिने निर्णय गरिएको भोलिपल्ट आज स्वास्थ्य सेवा विभागले खोप खरिदका लागि रकम भुक्तानी गरेको हो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले सरकारको निर्णयअनुसार सेरमलाई रकम भुक्तानी गरिएको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सेरमले दुई हप्ताभित्र खोप पठाएपछि फागुन २३ गतेदेखि ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाउन सुरु गरिने जानकारी दिए ।

मन्त्री त्रिपाठीले खोप अभियान सुरु भएपछि निरन्तर चल्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top