ताजा समाचार


दाहाल–नेपाल समूहद्वारा मानव साङ्लो बनाएर टुँडिखेल घेराउ

द रियल समाचार     २०७७ फाल्गुन ६, बिहीबार, १८: ३० मा प्रकाशित




काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गरेको छ ।

संसद विघटनविरूद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज मानव साङ्लोसहित काठमाण्डौको टुँडिखेल घेरेको हो । सो समूहले फागुन ५ गतेदेखि सुरू गरेको चौथो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत आज दोस्रो दिन टुँडिखेलबाहिर मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरेको छ ।

चौथो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज संसद विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै अपराह्न ४ बजेदेखि एक घण्टासम्म टुँडिखेल घेराउ गरिएको छ । उनीहरूले विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

संघर्ष समितिका सह–संयोजक योगेश भट्टराईले यसअघिका आन्दोलन सफल भएको निचोडसहित अब चौथो चरणको आन्दोलन शुरुवात गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top