एजेन्सी । सन् २०२१ मा हुने इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औँ संस्करणका लागि नेपाली बलर सन्दीप लामिछाने बिकेका छैनन् ।
भारतको चेन्नईमा चलिरहेको अक्सनमा नेपाली खेलाडी लामिछानेलाई कुनैपनि टिमले खरिद गरेन । उनीमाथि कुनै टिमले बोली लगाएन ।
४० लाख आधार मुल्य रहेको लामिछानेलाई कसैले किनेनन् । सन्दीप पछिल्लो आइपिएलमा देल्हि क्यापिटल्सको टिममा सामिल थिए ।
उनले दुई सिजनका ९ खेल खेल्न पाउँदा १३ विकेट लिएका थिए ।
२०१८ र १९ को सिजनमा खेल्न पाएपनि २०२० को सिजनमा सन्दीपले एक खेल पनि खेल्न पाएनन् ।
प्रतिक्रिया