ताजा समाचार


प्रिती जिन्टाले शाहरुख खानलाई किनिन् ५ करोड २५ लाखमा

द रियल समाचार     २०७७ फाल्गुन ६, बिहीबार, १७: ४६ मा प्रकाशित




एजेन्सी । सन् २०२१ मा हुने इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औँ संस्करणका लागि प्रिती जिन्टाले शाहरुख खानलाई ५ करोड २५ लाखमा खरिद गरेकी छिन् ।

भारतको चेन्नईमा चलिरहेको अक्सनमा प्रिती जिन्टाको टिम पञ्जाब किंग्सले भारतका अलराउण्डर खेलाडी शाहरुख खानलाई ५ करोड २५ लाखमा खरिद गरेको हो । २० लाखको आधार मुल्यबाट सुरु गरिएको शाहरुखलाई प्रितीको टिमले ५ करोड २५ लाखमा किनेको छ ।

यसअघि आइपिएल अक्सनमा साउथ अफ्रिकाका अलराउण्डर खेलाडी क्रिस मॉरिसलाई आ–आफ्नो टिममा भित्रयाउनका लागि कडा प्रतिस्पर्धा भएको थियो । ७५ लाखको आधार मुल्यबाट सुरु गरिएको मॉरिसलाई राजस्थान रोयल्सले १६ करोड २५ लाखमा खरिद गरेको छ । उनी १३ वर्षको आइपिएलको इतिहासमा सबभन्दा महगो खेलाडी बनेका छन् ।

त्यस्तै, अस्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेललाई समेत आ–आफ्नो टिममा भित्रयाउनका लागि कडा प्रतिस्पर्धा भएको छ । गत सिजन किंग्स ११ पञ्जाबमा रहेका उनलाई पञ्जाबले रिलिज गरेको थियो । म्याक्सवेल २०२१ को सिजनका लागि १४ करोड २५ लाखमा विक्रि भएका हुन् । म्याक्सवेललाई रोयल च्यालेन्जर्स बैंग्लोरले आफ्नो टिममा भित्रयाएको हो ।

त्यस्तै, अष्ट्रेलियन बलर रिचार्डसनलाई समेत प्रिती जिन्टाको टिम पञ्जाब किंग्सले १४ करोडमा खरिद गरेको छ । उता, अलराउण्डर कृष्णपा गोथमलाई चेन्नई सुपर किंग्सले ७ करोडमा आफ्नो टिममा भित्रयाएको छ भने बलर नथान कल्टर–निलेलाई मुम्बई इण्डियन्सले ५ करोडमा खरिद गरेको छ ।

यता, अलराउण्डर मोईन अलिलाई चेन्नई सुपर किंग्सले ७ करोडमा किनेको छ भने अलराउण्डर शिवम दुब्बेलाई राजस्थान रोयल्सले ४ करोड ४० लाखमा, अलराउण्डर शकिब अल हसनलाई कोलकत्ता नाईट राइडर्सले ३ करोड २० लाख र ब्याट्सम्यान स्टेभम स्मिथलाई देल्हि क्यापिटल्सले २ करोड २० लाखमा तथा अलराउण्डर डेबिड मलानलाई पञ्जाब किंग्सले १ करोड ५० लाखमा आफ्नो टिममा भित्रयाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top