ताजा समाचार


स्वर्गीय वाग्लेको शालिक निर्माणका लागि शिलान्यास गरियो

द रियल समाचार     २०७७ फाल्गुन ६, बिहीबार, १६: ५० मा प्रकाशित




सर्लाही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका सर्लाही जिल्ला इन्चार्ज एवं केन्द्रिय सदस्य स्वर्गीय डाचाराज वाग्लेको शालिक निर्माणका लागि शिलान्यास गरिएको छ ।

आज दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संयुक्त रुपमा सर्लाहीको मूर्तिया चोकमा स्वर्गीय नेता वाग्लेको शालिक निर्माणका लागि शिलान्यास गरेका हुन् ।

सर्लाहीको हरिपुर नगरपालिका–१ हजारविघामा वाग्लेको तेह्रौं दिनको पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभामा सो समूहका अध्यक्षहरु सर्लाही आएका छन् । शिलान्यास पश्चात अध्यक्षद्वय प्रचण्ड र नेपाल स्व.वाग्लेको घरमा पुगेर परिवारजनलाई भेटेका थिए ।

मोटरसाईकलमा सवार भई बरहथबाबाट नयाँरोडतर्फ आउने क्रममा मूर्तियाचोकबाट सय मिटर उत्तर वन कार्यालय नजिक नयाँरोड–बरहथवा सडकखण्डमा गत माघ २१ गते बुधबार राती ९ वाग्लेको दुर्घटनामा परी मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top