ताजा समाचार


आइपिएल अक्सन : क्रिस मॉरिस १६ करोड २५ लाख र ग्लेन म्याक्सवेल १४ करोड २५ लाखमा विक्रि

द रियल समाचार     २०७७ फाल्गुन ६, बिहीबार, १६: ३३ मा प्रकाशित




एजेन्सी । सन् २०२१ मा हुने इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औँ संस्करणका लागि भारतको चेन्नईमा अहिले अक्सन चलिरहेको छ ।

आइपिएल अक्सनमा साउथ अफ्रिकाका अलराउण्डर खेलाडी क्रिस मॉरिसलाई आ–आफ्नो टिममा भित्रयाउनका लागि कडा प्रतिस्पर्धा भएको छ । ७५ लाखको आधार मुल्यबाट सुरु गरिएको मॉरिसलाई राजस्थान रोयल्सले १६ करोड २५ लाखमा खरिद गरेको छ । उनी १३ वर्षको आइपिएलको इतिहासमा सबभन्दा महगो खेलाडी बनेका छन् ।

त्यस्तै, अस्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेललाई समेत आ–आफ्नो टिममा भित्रयाउनका लागि कडा प्रतिस्पर्धा भएको छ । गत सिजन किंग्स ११ पञ्जाबमा रहेका उनलाई पञ्जाबले रिलिज गरेको थियो । म्याक्सवेल २०२१ को सिजनका लागि १४ करोड २५ लाखमा विक्रि भएका हुन् । म्याक्सवेललाई रोयल च्यालेन्जर्स बैंग्लोरले आफ्नो टिममा भित्रयाएको हो ।

त्यस्तै, अलराउण्डर मोईन अलिलाई चेन्नई सुपर किंग्सले ७ करोडमा किनेको छ भने अलराउण्डर शिवम दुब्बेलाई राजस्थान रोयल्सले ४ करोड ४० लाखमा, अलराउण्डर शकिब अल हसनलाई कोलकत्ता नाईट राइडर्सले ३ करोड २० लाख र ब्याट्सम्यान स्टेभम स्मिथलाई देल्हि क्यापिटल्सले २ करोड २० लाखमा तथा अलराउण्डर डेबिड मलानलाई पञ्जाब किंग्सले १ करोड ५० लाखमा आफ्नो टिममा भित्रयाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top