ताजा समाचार


प्रदेश २ : दलित विकास समितिको उपाध्यक्ष र सदस्यहरु नियुक्त

द रियल समाचार     २०७७ फाल्गुन ६, बिहीबार, १४: ४३ मा प्रकाशित




जनकपुरधाम । प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयको पहिलो ऐनको रुपमा स्वीकृत भएको दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन,२०७६ अनुसार दलित विकास समितिको उपाध्यक्ष र सदस्यहरु नियुक्त गरिएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार दलित विकास समितिको उपाध्यमा सर्लाहीका रामप्रबेश वैठालाई नियुक्त गरिएको हो ।

त्यस्तै सदस्यहरुमा सिरहाकी सेवकी देवी दास, सप्तरीका श्यामसुन्दर सरदार, रौतहटका राजकुमार दास तत्मा र सिरहाकी सुनिता मरिक रहेका छन् ।

सामाजिक विकासमन्त्री नवलकिशोर साहको सिफारिसमा आजको मन्त्रीपरिषद्ले उक्त निर्णय लिएको छ । समितिको अध्यक्ष भने सामाजिक विकास मन्त्री साह रहनेछन् ।

नियुक्त भएकाहरुले दलित सशक्तिकरण ऐनलाई कार्यान्वयन गर्दै दलितमाथि हुने भेदभाव, हिंसाविरुद्व काम गर्ने मन्त्री साहले बताए ।

दलित सशक्तिकरण ऐन एक वर्षअघि नै प्रमाणीकरण भइसके पनि कार्यान्वयन गर्न सरकारले तदारुकता नदेखाएको भन्दै दलित समुदाय गुनासो गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top