ताजा समाचार


सार्वजनिक सवारी साधनमा ४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने यातायात व्यवसायीको माग

द रियल समाचार     २०७७ फाल्गुन ६, बिहीबार, १३: ५८ मा प्रकाशित




काठमाण्डौ । यातायात व्यवसायीहरुले सार्वजनिक सवारी साधनमा ४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने माग गरेका छन् ।

पेट्रोलियम पदार्थ र सवारीको पार्टपूर्जामा भएको मूल्यवृद्धिलाई कारण देखाउँदै उनीहरुले भाडा बढाउनुपर्ने माग गरेका हुन् ।

सरकारले एक सातामै दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि यात्रुबाहक तथा मालबाहक सवारीधनीहरुले वर्तमानको भाडादरले व्यवसाय चलाउन कठिनाई हुने बताएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गत माघ २९ गते नै विज्ञप्ति जारी गरेर पटक-पटक पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि एकमुष्ट रुपमा फिर्ता लिन माग गरेको थियो । महासंघले फागुन ८ गतेसम्म मूल्यवृद्धि फिर्ता नलिए आवश्यक निर्णय लिने गरी अल्टिमेटम दिएको छ ।

तर, सरकारले यसै हप्ता फेरि तेलको मूल्य बढाएको छ । एक हप्तामै लिटरमा ४ रुपैयाँ मूल्यवृद्धि भएपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघले पनि यातायात व्यवस्था विभागसँग भाडा बढाउन माग गरेको हो ।

महासंघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले कम्तिमा ३० दखि ४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने अवस्था रहेको बताए । उनले सार्वजनिक सवारी चलाएर नाफा निकाल्न सकिने अवस्था नरहेकोले मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् । नभए भाडा बढाउन विभागलाई भनिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले ढुवानी गर्दा लाग्ने खर्च बढेकाले भाडा बढाउनै पर्ने अवस्था आएको बताए ।

यता, यातायात व्यवस्था विभागले भने व्यवसायीले भन्ने बित्तिकै भाडा नबढ्ने दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top