जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल आज सर्लाही आउन लागेका छन् ।
नेकपाका केन्द्रीय सदस्य एवं सर्लाही इन्चार्ज डाचाराज वाग्लेको श्रद्धाञ्जली सभामा सहभागी हुन दाहाल र नेपाल सर्लाही आउन लागेका हुन् ।
जिल्लाको हररिपुर नगरपालिका-१ हजार बिगाहामा वाग्लेको १३ औं दिनको पूण्यतिथिको अवसरमा आयोजना हुन लागेको श्रद्वाञ्जली सभालाई सम्बोधन गर्न अध्यक्षद्वय दाहाल र नेपाल आउँदैछन् ।
स्व. वाग्लेले जिल्लाका लागि पुर्याएको योगदानको कदर गर्दै आज जिल्लाका तीनवटा स्थानीय तहले सार्वजनिक बिदा समेत दिएको छ । जिल्लाको हरिपुर, बागमती र बरहथवा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।
बिदा दिने बरहथवा र बागमतीका प्रमुख तत्कालीन माओवादीबाट जितेका हुन् भने हरिपुरका प्रमुख माधवकुमार नेपाल निकटका हुन् ।
हरिपुर नगरपालिका घर भएका वाग्ले गत माघ २१ गते राति बरहथवा नगरपालिका-९ स्थित नयाँरोड-बरहथवा सडकखण्ड अन्तर्गत मूर्तिया जंगलमा मृत फेला परेका थिए ।
उक्त दिन पार्टीले बरहथवामा आयोजना गरेको मसाल जुलुसको नेतृत्व गरी मोटरसाइकलमा फर्कँदै गर्दा राती करिव ९ बजे वाग्ले मृत अवस्थामा फेला परेका थिए ।
नेकपाका नेताहरुले घटनाको छानबिनको माग गर्दै आएका छन् ।
प्रतिक्रिया