काठमाण्डौ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाण्डौमा हुने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडैलबीच १४ औँ महाधिवेशन भदौ ७ देखि १० गतेसम्म काठमाण्डौमा गर्ने सहमति भएको हो ।
महाधिवेशनको मितिमा सहमति भएपछि उक्त प्रस्ताव पारित गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक सुरु भएको काँग्रेस केन्द्रीय सदस्य गुरु घिमिरेले बताए । दुबै नेताहरु आन्तरिक छलफलमा व्यस्त भएपछि दिउँसो २ बजेका लागि बोलाइएको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक निर्धारित समयभन्दा तीन घण्टा ढिलो सुरु भएको थियो ।
निर्धारित समयमा महाधिवेशन हुन नसकेपछि काँग्रेसले एक वर्ष म्याद थप गरेको थियो । थप गरिएको म्याद फागुन १९ गते सकिँदैछ ।
प्रतिक्रिया